वि.सं:
नेपाल संवत: ११४६ थिंलागा दशमी - २५
सवारीचालक अनुमतिपत्रलाई व्यक्तिको अत्यावश्यक बस्तु तथा सेवाको रूपमा लिइन्छ । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र चावहिलले सवारीचालक अनुमतिपत्र जारी, नविकरण, प्रतिलिपी, प्रमाणिकरण गर्ने गर्दछ । यातायात सेवालाई सुदृढ, सक्षम र प्रभावकारी बनाउन वि.सं. २०७३ सालमा यस कार्यालयको स्थापना भएको हो ।कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यस्था नियमावली २०५४, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ तथा सम्बन्धित मापदण्ड, निर्देशिका, कार्यविधिको अधिनमा रही सेवा प्रवाह गर्दै आएको छ ।
नेपालको संविधानको अनुसूची-६ मा एकल अधिकारको सूचीमा सवारी साधन कर समावेश भए अनुसार कार्यालयले सवारी सवारीसाधन कर संकलन गर्ने गर्दछ । यातायात प्रशासनलाई सेवाग्राहीमैत्री बनाउन कार्यालय प्रतिवद्ध रहेको छ ।